ज्ञानेन्द्र पुन: सक्रिय हुने संकेत, आयो अभिव्यक्ति (भिडियो)

२१ अक्टोवर २०१७, काठमाण्डौं- वर्तमान राजनीतिबाट जनता आजित भइरहेको समयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएको भिडियो सार्वजनिक भएको छ । पूर्वराजाले सबै जनताको इच्छा रहेको खण्डमा आफु पुन: सक्रिय हुन तयार रहेको अभिव्यक्ति दिएका छन ।

शनिवार भाइटीकाको अवसरमा आफनी बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको  साइतमा टीका लगाइपछी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको र आफु सक्रिय हुने समय आएको बताए ।

उनले जनताको चाहना र इच्छाका भरमा आफु मुलुकको नेतृत्व सम्हाल्न तयार भएको जनाएपनि यसलाई सक्रियताको रुपमा नहेरी मुलुकको आवश्यकताका रुपमा हेर्न आग्रह गरे । भेटमा पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताएका थिए ।

Leave a Reply