साउथ अष्ट्रेलियामा नेवारी समुदायका साथ बिदेशी र अन्य समुदायको ‘म्ह पुजा’

२१ अक्टोवर २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा गुठी साउथ अष्ट्रेलियाको आयोजनामा शुक्रवार भब्यरुपमा महपुजा सम्पन्न भएको छ । गुठी साउथ अष्ट्रेलिको आयोजनामा एडिलेडमा मनाइएको यो तेस्रो महपुजा हो ।  अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक तथा गुठी साउथ अष्ट्रेलियाका संस्थापक सदस्य डा. कुश श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा परम्परागत रुपमा मण्डलाको आकर्षक चित्र निर्माण गरी सो को पुजा गर्दै मनाईएको थियो । मह पुजामा नेवारी सुदायका साथमा अन्य समुदायका तथा विदेशी नागरीकहरुले समेत उल्लासका साथ सहभागीता जनाएका थिए ।

कार्यक्रममा दुइसय बढीको महपुजा गरिएको थियो । “मेरो जिवनकै पहिलो अनुभव हो महपुजाको । नेपालमा सहभागी हुन नपाईएको नेवारी संस्कृतिको महत्वपुर्ण अंग महपुजामा सहभागी हुन पाउदा निक्कै खुसी लागेको छ ।” नेपालबाट आएका परीवारजन र सानी छोरीसहित महपुजामा सहभागी भैरहेकि सुमन चौधरीले अनलाईन एडिलेडसँग आफ्नो अनुभव सुनाइन् ।

मण्डलाको पुजामा स्वयंले पुजा गरिसकेपछि सहभागीहरुलाई उसिनेको अण्डा, माछा र छ्याङ, फलपुल, इता:, क्वखा र त:सिव्ब (विमिरो) लगायतका प्रसाद  दिइएको थियो ।

मह पुजाको कार्यक्रमपछि उपस्थितले स्वादिस्ट नेवारी परीकारहरुको साथमा नेवारी सांस्कृतिक कार्यक्रमको मजासमेत लिएका थिए । कार्यक्रममा गुठी साउथ अष्ट्रेलियाका कार्यक्रमहरुमा प्रायोजक, सञ्चारकर्मी, स्वंसेवक लगायतका महत्वपुर्ण योगदान पुर्याउने व्याक्तिहरुलाई प्रमाणपत्रले सम्मानसमेत गरिएको थियो । गुठी साउथ अष्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले उपस्थिति जनाई कार्यक्रममा सफल पार्न मदत गर्ने सवैलाई धन्यवाद दिदै कार्यक्रमलाई भब्य तरीकाले आयोजना गरी प्रवासमा समेत नेपाली संस्कृतिको एक अभिन्न अंगका रुपमा रहेको नेवारी संस्कृतिलाई प्रवर्दन गर्न सफल भएकोमा खुसी ब्यक्त गरे । “पहिलो र दोस्रो कार्यक्रम नेपाली समुदायका बिचमा सिमित रहेकोमा तेस्रो कार्यक्रमसम्म आईपुग्दा विदेशी समुदायलाई समेत सहभागी गराएर  नेवारी संस्कृतिको वारेमा जानकारी गराउन पाउदा खुसी लागेको छ ।” उनले भने ।

कार्यक्रममा 3 KG इभेन्ट अर्गनाइजरले आयोजना गरेको दसैं राफलको समेत नतिजा सुनाइएको थियो । राफलको पहिलो, दोस्रो, तेस्रो, चौथो, पाचौं पुरस्कार क्रमश: बिक्रम श्रेष्ठ, आयन विक, शिला, कुशुम श्रेष्ठ र रोजीनाले जितेका थिए । जम्मा नौजनालाई प्रदान गरिएको पुरस्कारको छैटौं, सातौं, आठौं र नवौं  पुरस्कार क्रमशं: नबीना, जुनम श्रेष्ठ, शिला र प्रकाश थापाले प्राप्त गर्न सफल भएका थिए । यसैगरी 3 KG इभेन्ट अर्गनाइजरले केही समयअघि आयोजित नेपाल आइडलका उत्कृष्ट तिन प्रतिनिधीलाई डिसेम्बर २३ मा एडिलेड ल्याइने र उनीहरुको साथमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्घोष गरेको थियो ।

ग्रेस एडिलेडले मुख्य रुपमा प्रायोजन गरेको कार्यक्रमलाई गैर आवासीय नेपाली संघ, साउथ अष्ट्रेलिया र नेपाल पर्यटन वोर्डले प्रवर्दनमा सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन गुठी साउथ अष्ट्रेलियाका रजनेश श्रेष्ठले  गरेका थिए । $३० प्रवेश शुल्क रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई राफेलमा सामेल गराई बिभिन्न पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।

Advertisements

Leave a Reply