भेटियो रावणको विमानस्थल भेटियो, आखिर कस्तो थियो?

१२ अक्टोवर २०१७, काठमाडौ- हिन्दू धर्मग्रन्थअनुसार त्रेतायुगमा भगवान रामको जन्म भएको थियो । रामको जीवनका आरोह अवरोहलाई समेटिएर विभिन्न मिथकहरू आएका छन् ।

रामको जीवनकथा समेटिएको चर्चित एवम् हिन्दूहरूको पवित्र ग्रन्थ रामायणमा समेटिएका तथ्यहरूलाई खोज्न वैज्ञानिक खोज अनुसन्धान जारी छ ।

कतिपयले रामायणलाई बाल्मिकीद्वारा रचना गरिएको काल्पनिक कथाका रुपमा प्रचार गरे पनि यसप्रति करोडौं मानिसको आस्था र विश्वास जीवितै छ ।

विभिन्न प्रकारन्तरले रामायणमा उल्लेख भएका तथ्य सत्य सावित हुँदै गएपछि यसको महत्व र यसमाथिको वैज्ञानिक अनुसन्धान भइरहेको छ । यसै सन्दर्भमा रामायणमा उल्लेख भएका ‘खलपात्र’ लंकाका राजा रावणको अस्तित्व रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । वैज्ञानिक खोजका क्रम रावणको विमानस्थल पत्ता लागेको छ ।

रावणको देश लंका विजयपश्चात राम लंकामा रहेको आफ्नो मनद्वारा चल्ने पुष्पक विमानबाट फर्किएको तथ्य रामायणमा उल्लेख छ । रावणसँग पुष्पक विमान मात्रै थियो कि अरु पनि विमान थिए भन्ने कुरा रामायणमा उल्लेख छैन ।

तर, खोजका क्रममा रावणसँग धेरै वटा विमान रहेका थिए । ती विमान राख्नको लागि रावणले छुटै विमानस्थल पनि बनाउन लगाएको खुलासा श्रीलंकाको रामायण अनुसन्धान कमिटीले गरेको छ ।

अहिलेको श्रीलंका नै रावणको लंका हो भन्ने मान्यता रहँदै आएका बेला श्रीलंकाको रामायण अनुसन्धान कमिटीले रावणका गुरुलोपोथा, तोतुपोलाकंदा, उसानगोडा र वरियापोला विमानस्थल रहेको पत्ता लगाएको हो ।

त्रेतायुगका ती विमानस्थलश्रीलंकाको दुर्गम स्थान भेटिएको छ र सबै विमानस्थल श्रीलंकाको वेरांगटोकमा अवस्थित रहेको विभिन्न समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

वेरांगटोक, महियांगनाबाट १० किलोमीटर टाढा रहेको छ । यी विमानस्थलमध्ये उसानगोडा रावणको निजी विमानस्थल हो भने यहीबाट उनलेराम पत्नी सीतालाई हरण गरेर लागेका थिए ।

त्यस्तै रामभक्त हनुमान यही बाटोबाट अशोक बाटिका गई फर्किने बेलामा उसानगोडालाई पूरै नष्ट गरेका थिए । अहिलेसम्म पनि उक्त स्थानमा नष्ट भएको तथ्य भेटिन्छ ।

रामायण अनुसन्धान कमिटीमा श्रीलंका, अस्ट्रेलिया, जर्मनी र बेलायतका अनुसन्धानकर्ता समावेश छन् । उक्त कमिटीका अध्यक्ष अशोक केंथको एक अन्तर्वार्तामा लंका रामायणमा लेखिएको जस्तै सुनको रहेको तथा उनका स्थानमा विमानस्थल पनि रहेको बताएका थिए । त्यसको साथै रामायणकालको अरु स्थानको पनि खोजी भइसकेको छ ।

ती स्थानको खोजी कार्यमा इन्टरनेसनल रामायण रिसर्च सेन्टर र पर्यटन मन्त्रालयले मिलेर खोजी गरेको थियो । कमिटीले रावणको विमानस्थल बाहेक अहिलेसम्म रावणको अशोक बाटिका, उनको भाई विभिषण र रावणको दरबारबारे तथ्य फेला पारेको छ ।

Leave a Reply