बहुप्रतिक्षित चलचित्र प्रेमगीत २ एडिलेडमा आइतबार प्रदर्शन हुने












 





११ अगष्ट २०१७, एडिलेड- नेपालमा निक्कै नै रुचाइएको चलचित्र ‘प्रेमगीत’को शिक्वेल ‘प्रेम गीत २’ आइतबार १३ अगष्टमा एडिलेडको मर्करी सिनेमा हलमा प्रदर्शन हुने भएको छ । प्रेमगीत’बाट उदाएका नायक प्रदिप खड्का यो चलचित्रसँगै स्टारको रुपमा दहरिएका छन् । शुरुमै  हलमा दर्शक तान्न सक्ने स्टारडम उनमा देखिएको छ जुन क्षमता नेपालमा नायक भुवन केसी सुपुत्र अनमोल केसीमामात्र देखिएको थियो ।पछिल्लो समयामा नेपाली चलचित्र हेर्न नेपाली दर्शकहरु हलसम्म आउदैनन भन्ने तर्कलाइ गलत साबित गर्न सफल यस चलचित्रलाइ सन्तोष सेनले निर्माण गरेका हुन । ‘नाइ नभन्नु ल’ बाहेक नेपाली चलचित्रमा बनेका शिक्वेलहरुले खासै राम्रो छाप छोड्न नसकिरहेको अवस्थामा ‘प्रेम गीत २’ अपबाद बन्दै व्यानरलाइ नै स्थापित गरिदिएको छ, जस्को फाइदा निर्माण समुहले पछि सम्म लिन सक्ने छ ।

“एडिलेडमा पनि हामीले खासै प्रवर्द्धननै गर्नु परेन । प्रदर्शन मिति सार्वजनिक गर्नासाथ सबै टिकट बुक भैसक्यो । ” एडिलेड्लाइ प्रदर्शनको जिम्मेवरी पाएको नमस्ते नमस्ते इभेन्ट्सका तुङ्ग बानियाले अन्लाइन एडिलेडलाइ बताए ।

आइतबार साझ ६:३० देखी प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क $२५ रहेको छ । आयोजकहरुले निक्कै थोरैमात्र टिकट बाकी रहेको बताएका छन ।

चलचित्रलाइ एडिलेडको वेकफिल्ड स्ट्रीटमा रहेको Mates International Education ले प्रायोजन गरेको छ । दुइ दशकदेखी परामर्ष सेवा प्रदान गर्दै आएको Mates Education को यस शाखाबाट विद्यार्थी भिषा, स्थाइ बसोवास (Immigration), Tax Lodggement, युनिभर्सिटी परिवर्तन लगायतका बिभिन्न सेवाहरु पाउन सकिन्छ ।

Advertisements

Leave a Reply