लिलाम भयो विश्वकै दुर्लभ नेपाली हतियार “वीर गन” अमेरीकामा

९ मे २०१७, वासिङ्टन डि.सि.-  १९ औं शताब्दीमा नेपाली युवा बैज्ञानिक जनरल गेहेन्द्र शमशेर राणाले तत्कालिन राणा प्रधानमन्त्री वीर शमशेर जंग बहादुर राणाको नामबाट बनाएको “वीर गन” लिलामीमा बिक्रि भएको छ । तत्कालिन समयमा ब्रिटिसले चाडो फायरिङ्ग गर्ने हतियार उपलब्ध नगराउने भएकाले ब्रिटिस सँग युद्द गर्नका लागी नेपाली युवा बैज्ञानिक जनरल गेहेन्द्र शमशेर राणाले हातैले उक्त हतियार बनाएका थिए । अमेरीकाको ऐतिहासिक सामाग्रीहरुबारे जानकारी गराउने “History” अनलाईनका अनुसार अमेरीकि २० हजार डलरमा PawnStar नामको पसलमा यसको बिक्रि भएको हो । १९९६-९७ तिर बनेको उक्त हतियारलाई विश्वकै अत्यन्त दुर्लभ हतियार भनिएको छ । भिडियोमा देखाइएअनुसार उक्त हतियारले अाज पनि राम्रोसँग काम गर्छ । 

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

एक्कासी “History” अनलाईनले उक्त दुर्लभ भिडियो सार्वजनिक गरेपछि विदेश तथा नेपालमा बस्ने नेपालिहरुमा एउटा कौतुहलता थपिएको छ, अाखिर कसरी पुग्यो यस्तो ऐतिहासिक सम्पदा नेपालबाट अमेरीका? यससँगै युवाहरुमाझ एक प्रश्न मडारिरहेको छ, यस्तै भइरहने हो भने सबै कुरा बेचिएर एकदिन हामी इतिहासबिहिन हुने त हैनौं ? सामाजीक सञ्जाल फेरी एकपटक तातेको छ । कतिपय युवाहरुले सामाजीक सञ्जालमा प्रश्न गरिरहेछन, के हाम्रो उक्त सम्पदालाई कुनै तरीकाले फिर्ता ल्याउन सकिन्छ ? नेपाल सरकार र पुरातत्व बिभागले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

Advertisements

Leave a Reply