भब्य बन्यो एडिलेडको लोसार

fb_img_1485807473429३० जनवरी २०१७, एडिलेड- जनवरी ३० मा एडिलेडमा आयोजना गरिएको लोसार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तामाङ सोसाइटी अफ अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्यसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा गत बर्षको भन्दा बढी उपस्थिति रहेको आयोजकहरुले बताएका छन् । गत बर्षको कार्यक्रममा करीब चार सयजतिको सहभागीता रहेको थियो । स्थानिय कलाकारहरुको राम्रो प्रस्तुति रहेको उक्त कार्यक्रमका मुख्य आकर्षण थिए नेपालबाट ल्याइएका गायक रोज मोक्तान । रोज मोक्तानको पालो आएपछि प्राय दर्शकहरु उठेर नाचे ।

 कार्यक्रममा बहुसाँस्कृतिक मन्त्री जोय बेटिसन, सांसद जिङ ली, एडिलेड शहरका मेयर मार्टिन हेइस, वाणिज्यदूत दीपक धमला, एनआरएन अध्यक्ष नवीन कँडेल लगायत उपस्थित थिए । सांसद जिङ लीले केही महिना अघि नेपाल भ्रमणपनि गरिसकेकि छन् । कार्यक्रममा अष्ट्रेलियाकै अन्य राज्य तथा अरु देशबाटपनि तामाङ सोसाइटीका पदाघिकारीहरु कार्यक्रमकै लागी आएका थिए ।

Boomerang मुख्य स्पोन्सर रहेको उक्त कार्यक्रमलाई Expert Education and Visa Services, Grace International Education, Kathmandu Palace, Taste of Himalayan, Gorkha Nepalese Restaurant, Chitrakar Gallery, Vodafone, ISM, Oatley आदिले आर्थिक सहयोग गरेका थिए । कार्यक्रम साझ ५ बजेबाट १०:३० सम्म चलेको थियो ।

Leave a Reply