केपी ओलीलाई समर्थन गर्न किन जरुरी छ ?

kp२१ मे २०१६, एडिलेड( मिलन दाहाल)- नेपाली राजनीति हाल स्पष्ट रुपमा ध्रुबिकरण भएको छ र दुइ खेमाहरु सतहमा देखिएका छन् । एउटा खेमा नेपाल र नेपालीलाई नीच, अज्ञानी र क्षमताहिन तथा भारतलाई सर्वशक्तिमान देख्छ । नेपालका विकाशमा देखिने सपनाहरुलाई उखान-टुक्काको संज्ञा दिन्छ । अरु कुरामा भेद भएपनि नेपालका गरिने कुरा भारतद्वारा निर्देशित र भारतकै चाहनाअनुसार हुनुपर्दछ भन्नेमा उनीहरु एकमत छन । यसैगरी दोस्रो खेमा, सैयौं बर्ष लागोस तर नेपालको स्वभिमान जोगाउदै नेपालका लागी आवश्यक संरचनाहरु नेपाल आफैले बनाउनुपर्छ, भन्छ । सपना देख्नुपर्छ, सपनाले नै निर्माणको जननी हो भन्ने पनि ठान्छ । दोस्रो पक्षको नेतृत्व हाल नेकपा एमालेका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा अलीले गरेका छन भने, पहिले पक्षको नेतृत्व आफुलाई भारतका छोरा भनेर चिनाउने शेरवहादुर देउवाले गर्छन । नेपाली राजनीतिबाट बढारिदै गरेका बाबुराम भट्टराई तथा भारतले स्विच दवाएकापछि बल्ने र आफुलाई नेपालको तराई भागको घर्तिपुत्र ठान्ने २०२० सालपछि भारतबाट आएका केहि ब्याक्तिहरुको उनलाई भरपुर समर्थन रहेको छ ।

त्यसवेला नेकपा एमाले कुनै ठोस शक्ति नै थिएन । एमाले शक्ति समिकरणका लागी कहिले कांग्रेस त कहिले माओवादीसँग मिलेर सरकारमा जान्थ्यो र रहलपहल खाएर आनन्द मान्थ्यो । न उसको कुनै ठोस बिचारधारा थियो, न निश्चित अडान नै । तरतजस्तै घरि यता घरि उता बगिरहने नाममात्रको कम्युनिष्ट भएकाले कांग्रेसको भाइको रुपमा परीचित थियो नेपाली राजनीतिमा एमाले । हो, त्यही एमालेभित्र एकजना नेपालमा साँच्चै केही गरौं भन्ने एकजना नेतापनि थिए । उनी रोगी थिए । एउटा किड्नीले काम गर्न छोडिसकेको थियो । नेकपा एमालेको अध्यक्षका लागी भएको निर्वाचनमा रुदै रुदै उनले भनेका थिए, तपाईहरुसँग प्रशस्त समय छ । म साँच्चै देशका लागी केही गर्न चाहान्छु, तर मसँग समय एकदम थोरै छ । एउटा मौका मलाई दिनुहोस् । एमालेका कार्यकर्ताले एकपटक निकै राम्रो निर्णय लिए, उनलाई विश्वास गरे, अध्यक्ष बनाए । केपी शर्मा ओली एमाले अध्यक्ष भएपछी, उसका आफ्नै अडानहरु रहन थाले । बिस्तारै एमाले एउटा छुटै पार्टिको रुपमा परीचित हुन थाल्यो । नेकपा माओबादी १० बर्षे लामो शसस्त्र द्वन्दबाट नेपालको राजनीतिको मुलधारमा आएको भएपनि उमा एउटा सभ्य समाजका संस्कारहरु विकाश भैसकेका थिएनन् । शब्दैपिच्छे जंगल फर्किने कुरा गरिरहन्यो । उसको सैनिक संरचना र जनमिलिसियाहरु पनि पुर्ण रुपमा बिलय भैसकेका थिएनन् । अर्ध-जंगली नै थियो माओबादी । जनतालाई दुख दिइरहने उसका हर्कतहरु रोकिएका थिएनन । उचित शब्दबाणको प्रयोग गरेर माओबादीलाई आजको सेपमा ल्याउनसक्ने क्षमतावान नेता अरु कोही थिएन,  यिनै केपी ओली थिए ।  यो कुरा एमालेकै पनि धेरैले आज बिर्सिसकेका छन । उनै केपी शर्मा ओली हाल नेपालको प्रधानमन्त्री बनेका छन । शताब्दिदेखी निरासै-निरासामा रहेका नेपाली जनतालाई आज सपना देख्न सिकाइरहेछन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेजस्तै सपना त्यस्तो कुरा हो, जसले मान्छेलाई कर्मठ बन्न सिकाउछ, प्रगतिपथमा हिडाँउछ । यसैगरी कविशिरिमणि लेखनाथ पौड्यालले भनेका छन् लक्ष नहुने मानिस, एकाग्र हुदैन र एकाग्रता नभएको मानिस त्यसै यताउति बादर जसरी दौडिरहेको हुन्छ । वास्तवमा, सदियौंदेखी नेपाली जनताका कृयाकलापलाई नियाल्ने हो भने हामी बुझ्न सक्छौं, नेपाली जनता फगत बाँदरभन्दा माथि कहिल्यै उठ्न सकेका रहेनछन् । भारतले नेपाली जनताको सपनाबिहिनताको भरपुर फाइदा उठाउदैं नेपाललाई निरन्तर अस्थिरताको दलदलमा जाकेर अस्तित्व नै खतम पार्ने तानावान बुनिसकेको रहेछ । त्यो तानावानलाई चिर्नका लागी नेपाली जनतालाई सपना देखाइ त्यहि सपना भेट्न दौडाएर नेपाल र नेपालीको अस्तित्वलाई वचाउने नेपालआमाका वीरसपुत रहेछन केपी ओली वास्तवमा ।

नेपाली राजनीतिमा निब्नेबेलाको दियोझैं धिप-धिप गर्दै गरेका बाबुरामले सपना देखाउनुभन्दा भु-कम्प पिडितहरुलाई घर बनाउनुपर्ने तर्क गरिरहेका छन । केहीले सताब्दियौंदेखी बिग्रिएको मानसिकताका कारण असुरक्षित हुनपुगेका चेलिबेटीहरुको अस्मिता संरक्षण गर्नपनि ध्यानकेन्द्रीत गरिरहेछन । उनीहरुको हर्कत आजदेखीको होइन । उनीहरुले चियानास्ताको महिनाको १२ लाखको बिल सार्बजनिक गरेरपनि चरीत्रहत्या गर्न नखोजेका होइनन् । एउटा देशको नवनियुक्त प्रधानमन्त्रीको चियानास्ता खर्च १२ लाख नभपर १२ सय भयो भने पो अचम्म भयो । कि १२ करोड नै भएको भए अलग कुरा । उनीहरुको काम बास्तवमै त्यही हो । बाबुराम जन्मेकै बिरोध गर्नका लागी हुन् जस्तो लाग्छ । युद्दकालमा होस् अथवा शान्तिप्रक्रियामा आइसकेपछी, उनी हरेक कुराको बिरोध नै गरिरहे । माओबादीले सरकारमा बसेरपनि सडकमा आन्दोलन गर्दासम्म खुसीसाथ बाबुराम माओबादीमै बसे । प्रचण्डमा विस्तारै नैतिक परिवर्तन हुदै गयो । पहिला जे-जस्ता भएपनि, समाजले उनलई परीवर्तन घर्न थाल्यो र साह्रै नसुहाउने काम गर्न उनले छाडे । बाबुरामको रगतमै त्यहि थियो । नेपालमा बिरोध गरेर अस्थिरता पैदा गर्नकैलागी JNU बाट विद्याबारीधिको कागत थमाईएका हुन कि झै लाग्ने  बाबुराममा यसरी परीवर्तन हुन सकेनन् र ‘नयाँ शक्ति’ को नामबाट नेपाली राजनीतिबाट पखालिने बाटो रोजे । माओबादीमा उनी रहिरहेका भए केही बर्षमा माओबादीलाई पनि खोज्नपर्ने हुनसक्थ्यो, माओबादी भाग्यमानी देखियो । बाबुराम निक्लिएपछि पहिले फुटेकाहरुपनि जुट्न थाले । बाबुराममा यदि त्यस्तो कुनै विशिष्ट क्षमता हुन्थ्यो भने विद्यावारीधि गरेर अरु पढ्दैनपढेकाहरुले जस्तै राजनीतिलाई पुर्णकालिन पेशा बनाएर बस्दैनथे । कुनै अन्य पेशामा आवद्द भएर राजनीतिलाई देश/समाज सेवाको अवशर भएको उदाहरण नेपाली समाजलाई दिन्थे । राजनीति शुद्दिकरणको अभियानमा लाग्थे । न कि नयां शक्तिको नामबाट शक्ति मा जाने प्वाल खोज्दथे ।

केपी शर्मा ओलीले त्यति धेरै औपचारीक शिक्षा लिएका छैनन् तैपनि आज नेपालीहरु उनलाई अत्यन्त मन पराउन थालेकाछन र भन्न थालेका छन, ‘केपी ओली जस्ता नेताले विद्यावारीधि गरेका भए’ । वास्तवमा पढाइ र क्षमता दुइ अलग कुरा हुन् । केहि गर्नका लागी आजको युगमा पढाइ नै चाहिन्छ भन्ने होइन । शक्ति, चाहना र क्षमता  भएका मानिसहरुले अन्य पढेका मानिसहरुको प्रयोग गरेर जे पनि गर्न सक्छन । आजको जुगमा पढेका मानिसहरुको कमि छैन, छ त केवल समाज रुपान्तरण र आर्थीक प्रगतीको बाटोमा देशलाई दत्तचित्त भएर आगाडी लैजाने मानिसको । पछिल्लो समयमा नेपाली जनताले केपी ओलीलाई त्यहि प्रगतिको सम्बाहकका रुपमा बुझ्न थालेका छन् ।

“अफ्रिकाको एउटा जंगलमा बिहान एउटा सिंह उठ्छ, जिउ तन्काउछ र सोच्छ, ‘आज मैले हरिणभन्दा छिटो दगुर्न सकिन भने म भोकले मर्छु ‘। सिंह भएपनि उसको मुखमा आएर कुनै सिकार पस्दैन, उसले बाँच्नका लागी छिटो दौडने उसको सिकार भन्दा चाडो दगुर्नै पर्छ । त्यही जंगलको अर्को कुनामा त्यसैगरी अर्को हरिण उठ्दछ र सोच्दछ, ‘आज मैले छिटोभन्दा छिटो कुद्ने सिंहभन्दापनि छिटो कुद्न सके भनेमात्र आफुलाइ जोगाउन सक्नेछु । होइन भन्ने मारिन्छु । यो चार्ल्स डार्बिनले बिकाश गरेको सिदान्त “बाँच्नका लागी संघर्ष” हो । जो बाँच्नका लागी संघर्ष गर्न सक्दछ, उमात्र बाँच्दछ । संघर्ष गर्न नसक्ने मर्छ । जसरी कथामा जो छिटो दगुर्न सक्छ त्यहि बाँच्छ, त्यसैगरी हामीलाई पनि छिटो कुद्नै पर्ने बाध्यता छ ।“ माथीको भनाई नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको हो । यो सानो भनाईबाट उनको दृष्टि कति सफा र स्पष्ट छ भन्ने बुझ्न कुनै गाह्रो हुदैन ।

हो नेपालमा भु-कम्प पिडिततका लागी अपेक्षितरुपमा कामहरु भएरहेका छैनन् । तर केपी ओलीलाई मात्र त्यसमा जिम्मेवारी ठहर्याउनु कत्तिको विवेकपुर्ण काम हो ? नेपालमा भुकम्प जादा नेपाली कांग्रेसको सरकार थियो । भुकम्प गएको १ बर्षबढी भएसकेको छ ।  भुकम्प पिडितका घरहरु बन्नमा केहि ढिलाई अवस्य भएको छ तर एउटा स्पष्ट् खाकाको साथ निर्माणकार्य अगाडि बढिरेको छ । गर्ने हरुले कसैलाई दोष नदिई आफ्नो कार्य गरिरहेका छन् । धुर्मुस-सुन्तली फाउण्डेसनले एउटा गाँउको निर्माण सकेर अर्को गाँउको निर्माण शुरु गरिसकेको छ भने गैर आवाशिय नेपाली संघले लाप्राकमा ५७० र सिन्धुपाल्चोकमा ४३० घरहरु बनाउने काम शुरु गरिसकेको छ । सरकारका बारेमा उनीहरुले कतै एक शब्द बोलेको सुनिएको छैन । समाजका लागी केहि नगरेका,  फेसबुक र ट्विटरलाईनै आफ्नो संसार बनाएकाहरुले भुकम्प पिडितका तर्फबाट वकालत गरिरहेका छन् । पालमा बस्न विवश भुकम्प पिडितका छोरी चेलीहरुलाई रातभरि जिस्काउनेहरुले नै बिहान फेसबुक र ट्विटरमा ‘भुकम्प पिडितका छोरीचेलीलाई केपीले सुरक्षा दिन सकेन’ भन्ने हेडलाईनमा तीन पेजको समाचार लेख्छन् । भुकम्प पिडितहरु पालमा बस्नु ल सरकारकै ढिलासुस्तिले भयो रे । हाम्रा छोरी चेली असुरक्षित हुनु हामीले हाम्रा छोराहरुलाई सस्कार दिन नसकेको भनेर हामीले कहिले बुझ्ने ? जावो आफुले जन्माएका छोराहरुलाई संस्कार दिन नसक्ने हामीले छ महिनाअघि प्रधानमन्त्री भएका एक ब्याक्तिलाई देशमा विद्यमान सम्पुर्ण बिसंगतीहरुमा दोषी ठहर्याउन हामीलाई नैतिक रुपमा मिल्छ कि मिल्दैन भनेर सोच्न पर्ने हो कि हैन ?

केपी ओलीले सरकारमा आउनासाथ गरेको पहिलो घोषणा नेपालबाट तुइन बिस्थापन गर्ने थियो । जुन बिगतमा धेरैपटक घोषणा भएसकेको भनेर थुप्रै छापा र प्रतिपक्षकाले ओलीको निक्कै आलोचना गरे । त्यो घोषणा भएको आज छ महिनाजति भएको हुनुपर्छ । केहिदिन अघि छापाहरुमा समाचार आइसकेको छ, ‘तुइन बिस्थापन अन्तिम चरणमा’ । बिगतमा धेरैपटक घोषणा भएरपनि कार्यान्वयन हुन नसकेको तुइन ओलीको पालामा विस्थापन हुनुले केही आभाष जनतालाई भइसकेको छ । यसैगरी नेपालमै व्यावसायीक रुपमै ईन्धन उत्पादन गर्नसकिने कुराको अनिसंधान तीब्र गतीमा भइरहेको छ । केहि छापाले इमाडोलबाट पाईपलाइनमार्फत घरघरमा ग्यास पुर्याउने अभियानपनि अन्तिम चरणमा पुगेको भनेर लेखिसकेका छन् । त्यसै नेपाल ओलीमय भएको छैन् ।

हिजो नेपालका वालवैज्ञानिक जसले भर्खरै अमेरीकाको मेनेसोटामा अवस्थित सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट मेकानिकल इन्जियरिङमा स्नातक सकेर त्यहिको इलेक्ट्रोलक्स कम्पनीमा काम शुरु गरेका ‘कुशल केसी’ ले ‘मेन्स रुम रिलोडेड’मा निक्कै नै भावुक स्टाटस राखे । उनले त्यहा आफु किन केपी शर्मा ओलीको साथमा छु भन्ने कारण खुलाएका छन । उनको स्टाटसमा भनिएको छ,- “मैले आजभन्दा पाँचवर्ष अगाडी नेपालमा सोलारबाट चल्ने कारको सफल परीक्षणपछी नेपालको संविधानसभाका सदस्यहरु तथा दलका नेताहरुका प्रदर्शनिका लागी एक कार्यक्रमको आयोजना गरेको थिए । मैले त्यसवेलाको निवर्तमान प्रम तथा अन्य नेताहरुलाई पनि डाकेको थिए तर त्यसमध्ये केपी ओलीमात्र एकजना त्यस्ता ब्याक्ति हुन जसले मेरो प्रोजेक्टमा उत्सुकता देखाए । उनलेमात्र मेरो प्रोजेक्टको प्राविधिक पक्षवारे जानकारी लिए र निडर भएर टेस्ट ड्राईभका लागी तयार भए । त्यसपछि उनले मेरो नम्बर लिए र भने म देशको लागी केहि गर्न सक्ने पदमा पुगेपछि तिमिलाई फोन गर्नेछु र हामी नेपालबाट पेट्रोलियम गाडीहरुलाई बिस्थापन गर्ने दिशामा अगाडि बढ्ने छौं । “ उनले अगाडि भनेका छन्, देशको लागी केही गर्ने अवशरका लागी उनीबाट एक कलमात्र पाएभने म जहा, जे अवस्थामा भएपनि देशका लागी सबैकुरा छोडेर नेपाल फर्कनेछु । केही गर्नका लागी सपना देख्न जरुरी हुन्छ । सोलार कार बनाउनु अघि मैलेपनि सपना देखेको थिए । सपना सुनाउदा साथीहरु हासेका थिए र मलाई जोकरपनि बनाएका थिए । केही नेपालीहरुले हाल वर्तमान प्रधानमन्त्रीलाई जोकर बनाएर उडाएको देख्दा दुख लागेको छ । मलाई विश्वास छ, उनले आफुलाई प्रमाणित गरेर देखाउनेछन् ।

बाग्लुङका कुशल केसी २०६५ सालमा सोलार कार बनाएर नेपालका मिडियामा तथा नेपालीको मन-मनमा बसेका थिए । त्यसपछि अमेरीकाको एक विश्व विद्यालयले उनलाई छात्रबृतिमा पढ्नका लागी आव्हान गरेपछि अमेरीका गएका केसीले भर्खरै स्नातक सिध्याएर एक प्रतिष्ठित कम्पनीमा काम शुरु गरेका छन ।

सिड्नीमा बसेर समाजसेवामा सक्रिय तीर्थ खतिवडाले घर-घरमा ग्यासको पाइप, रेल, हावाबाट बिजुली, प्रमाणपत्र धितो राखेर ऋण ओलीका मात्र सपना नभएर तीनकरोड बढी नेपालीको साझा सपना भएको बताएका छन् । उनले ओलीलाई वरिष्ठ मनोवैज्ञानिक मास्लोको हाईरार्किको उच्च तह अर्थात ‘सेल्फ एक्चुलाइजेशन’ को अवस्थामा राख्दै आलोचना गर्नेहरु पिरामिडमा निकै तल रहेकाले ओलीको आलोचना गरेको विवेचना गरेका छन् । यसका साथै आधुनिकिकरणको दुनियाबाट नेपालीहरु निकै टाढा रहेकाले पनि विकाश र अधुनिकताका कुराहरु उनिहरुले वुझ्न नसकेको र नेपालका मिडिया र अधुनिकिररण सँग परिचित प्रवासि नेपालीहरुले पनि यस्ता कुरा बुझाएर ओलीको सपनालाई आफ्नो सपना बनाएर नेपालीहरुलाई अघि बढाई बिकाशमा छलाङ मार्ने दिशामा उत्प्रेरीत गर्न नसकेकोमा दुख ब्याक्त गरेका छन । सिड्नी कै नेपाली गायक तथा अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया- सिड्नीका अध्यक्ष ईश्वर पोखरेलले पनि खतिवडाको बिचारले मन छोएको बताए ।

यसरी ओली निक्कै पछी नेपालीका सपनाका रुपमा सतहमा आएका छन् । नेपालीको सपना पुरा गर्न र नेपालको काचुली फेर्नका लागी अोलीलाई सवैले समर्थन गर्दै सहयोग गर्न जरुरी छ । नेपाली जनताले ओली आखाबाट देखेका सपनाहरु पुरा हुन । नेपाल चाडै समृद्द राष्ट्र बनोस र नेपालीहरुको विश्वास डिभिमा भन्दा सिभिमा बढोस् । शुभकामना ।

Advertisements
Advertisements

Leave a Reply