एडिलेडसँगै अष्ट्रेलियाभर ‘वल्क फर वेलफेयर’ सम्पन्न, विद्यार्थीका लागी उठाएको पैसाले कसैलाई घर बनाउन दिदैनौं: ओसेनिया उप-संयोजक

wfw
‘वल्क फर वेलफेयर’ मा सहभागी हुदै एडिलेडबासीहरु

७ मे २०१६, एडिलेड- एडिलेडमा अपेक्षितभन्दा बढी नेपालीहरुको उपस्थितिमा ‘वल्क फर वेलफेयर’ कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमसँगै यसपालाको ‘वल्क फर वेलफेयर’ कार्यक्रम अष्ट्रेलियाभर सम्पन्न भएको आयोजन गैर आवाशिय नेपाली संघ (एनआरएनए) ले  बताएको छ । एडिलेड शहरको टोरेन्स नदीको किनारमा अवस्थित एल्डर पार्कमा आज विहान एडिलेडबासी नेपालीहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज, एडिलेड नेपाली समाज, एडेलेड खुकुरी फुटवल क्लब, झापाली समाज अष्ट्रेलिया, फ्लिन्डर युनिभरसिटी नेपाली विद्यार्थी एसोसिएसन लगायतका संघसंस्थाहरुको एेक्यवद्दता एवं उपस्थिति रहेको थियो । यसका साथै नेपालबाट गायनका लागी अष्ट्रेलिया यात्रामा रहेका लोकप्रिय नेपाली गायक कर्ण दासका साथै एनआरएनए अष्ट्रेलियाका संयोजक सुरेन्द्र सिग्देल, ‘वल्क फर वेलफेयर’ कार्यक्रमका केन्द्रिय संयोजक समिम अन्वर, एनआरएनए अोसेनिया उप-संयोजक रमेश जोसी लगायतको उपस्थिति रहेको थियो ।

वल्क फर वेलफेयर’ कार्यक्रमका केन्द्रिय संयोजक समिम अन्वरले कुल नेपाली संख्याको दृष्टिकोणबाट हेर्दा अरु राज्यको तुलनामा साउथ अष्ट्रेलियाको सहभागिता प्रतिशत निकै बढी रहनुले आफु निकै उत्साहित बनेको  बताए । जीवनमा पहिपटक साउथ अष्ट्रेलिया आएका उनि यहाको नेपाली समुदायबिचको एकता र समन्वय देखेर निकै चकित बनेको अनुभव पनि सुनाए । यसैगरि एनआरएनए अष्ट्रेलियाका संयोजक सुरेन्द्र सिग्देलले सबैले प्रमुखताका साथमा हेरिरहेको ‘आर्थिक पारदर्शिता’ का बारे आफुहरु सचेत रहेको र यस बिषयमा आफुहरुले अझ जोड दिने कुरा बताए । कार्यक्रममा उनले आफ्नो भिजनमा आधारित कार्यक्रम ‘वल्क फर वेलफेयर’ मा एडिलेडबासीहरुको भव्य उपस्थितिले आफु निकै खुसि भएकोपनि बताएका छन ।

निकै आक्रामक रुपमा प्रस्तुत भएका एनआरएनए ओसेनिया उप-संयोजक रमेश जोशीले विद्यार्थीका नाममा उठाएको पैसाले कसैले घर नबनाउने कुरामा विश्वस्त हुन सबैलाई आग्रह गरे । “केही ब्याक्ति विशेषको बिरोधले सम्पुर्ण नेपालीहरुको हीतमा शुरु गरिएको कार्यक्रम नेपाली समाजमा नसा-नसामा सामाजीक कार्य बोकेर हिड्ने मानिसहरु रहुञ्जेल असफल हुन सक्दैन । नबोलौं भन्दाभन्दै आज बोल्नै पर्ने भयो । ” उनले थपे । जोशी एनआरएनए साउथ अष्ट्रेलियाका निवर्तमान संयोजकसमेत हुन् । एनआरएनए साउथ अष्ट्रेलिया संयोजक नबिन कडेल तथा ‘वल्क फर वेलफेयर’ साउथ अष्ट्रेलिया संयोजक नरायणकाजी गुरुङले सहयोग र उपस्थितिका लागी एडिलेडका सम्पुर्ण संघसस्था एवं उपस्थित महानुभावहरुलाई धन्यवाद दिए । यसैगरी अष्ट्रेलियाको सांगितिक यात्रामा रहेका ख्यातिप्राप्त नेपाली गायक कर्ण दासले विश्वका हरेक ठाँउमा नेपालीहरुले इमान्दारीतामा उदाहरण बनेकाले उक्तकुराको प्रशंसा गर्दै नेपालीहरुको आपसि मेलमिलापमा जोड दिए ।

wfw1
गायक कर्ण दासलाई खादाले सम्मान गर्दै इनास-अध्यक्ष रामकृष्ण निरौला

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाजका (इनास) तर्फबाट संस्थाका अध्यक्ष रामकृष्ण निरौलाले खादा लगाइ गायक कर्ण दासको सम्मान एवं एडिलेडबाट बिदाइ गरेका थिए ।

केहि समय अगाडि निर्वाचित समितिले विद्यार्थीहरुलाई सहयोगगार्थ ‘विद्यार्थी कल्याण कोष’  नाममा एक लाख डलर बराबरको एक कोष बनाउने घोषणा गरेको थियो । यसैको तयारीस्वरुप अष्ट्रेलियाको सवै राज्यहरुमा उक्तकोष संकलनका लागि लागि ‘वल्क फर वेल्फेयर’ कार्यक्रम आयोजना गरिएको थियो । सबै राज्यमा कार्यक्रम आयोजना भैसकेका छन भने साउथ अष्ट्रेलियाको अन्तिम हो । कोषको उदेश्य ‘आपत्तकालिन अवस्था’ जस्तै प्रतिकुल स्वास्थ अवस्था, कानुनी उपचार, सुचना साझेदारी कार्यक्रम र विद्यार्थीहरुको अन्यखाले  विकाशकार्य, तर यतिमा मात्र सिमित नहुने’ भनिएको छ । ‘अष्ट्रेलियामा अध्यायनरत विद्यार्थी तथा तिनका परिवारलाई एकदम थोरै समय लाग्ने तथा कम झन्झटिलो आवेदन परीक्षण प्रक्रियाद्वारा उपलब्ध गराइने’ बताइएको छ । उक्त छनौट प्रक्रिया गैर आवाशिय नेपाली संघको क्षेत्रिय समितिहरुको निर्देशिका अनुसार समय समयमा परिवर्तन हुनेछ । कार्यक्रमको रजिष्ट्रेसन शुल्क $५०-$२०० सम्म रहेको थियो ।

उक्त कोषको स्थापनापछि अष्ट्रेलियामा अन्तराष्ट्रिय बिद्यार्थीका रुपमा  अध्यायनरत नेपाली  ज्यान लिनसक्ने रोगको उपचारार्थ अष्ट्रेलियन डलर २००० सम्म पाउने छन भने, विद्यार्थी अथवा उनका परिवारको मृत्यु भएको अवस्थामा ३००० डलर सम्म उपलबध गराइने एनआरएनएले बताउदै आएको  छ । संस्थाले आवश्यकता अनुसार सुचना सेमिनार तथा सुचना कितावहरुमा खर्च गर्न पनि सक्ने बताइएको छ ।

Advertisements

Leave a Reply