महाभूकम्प पछिको प्रवासी नेपालीहरुको दाइत्व

मिलन दाहाल

२७ अप्रिल २०१५, एडेलेड- प्राकृतिक प्रकोप बाजा बजाएर कहिल्यै आउदैन, बैज्ञानिकहरुले गणितीय प्रयोगबाट सम्भावना बताएका हुन्छन र त्यहि अनुसार तयारी गरिए क्ष्यति कम गर्न सकिन्छ । नेपाल भूकम्पीय जोखिमको हिसाबमा विस्वको पहिलो संबेदनशील ठाउँ हो । यो सबैलाई थाहा भएकै कुरा हो । नेपालमा अग्ला घर नबनाउन पहिल्यै देखि सुझौदै आइएको हो, कसैले मानेनन्, राज्यले बुझाउन सकेन नत्र क्ष्यति केहि कम गर्न सकिन्थ्यो । खैर, यो समय यस बिषयमा बहस चलाउने हैन । भबितब्य भैसकेको छ, अब कसरि अघि बढ्ने भन्ने बिषयमा छलफल गर्नु बुद्दिमानी हुन्छ ।

नेपालमा अहिले हज्जारौको संख्यामा मानिसहरु मरेका छन् र लाखौको संख्यामा मानिसहरु सडकमा छन्, घरभित्र जाने रिस्क कसैले उठाउन सकेको छैन किनभने भूकम्पका स-साना झड्काहरु गइ नै रहेका छन् । नेपालका सम्पूर्ण मान्छेहरु शारीरिक रुपमा घाइते छन् र शारीरिक रुपमा घाइते नभएकाहरु मानसिक रुपमा विछिप्त छन्  । उनीहरुले घाइतेलाई सहयोग गर्ने अवस्था छैन, बरु मानसिक रुपमा उनीहरुलाई बल प्रदान गर्नु जरुरि छ । यस बेलामा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरु केवल रकम संकलनमा ब्यस्त देखिएका छन् जुन अहिलेको आवश्यकता वास्तवमा हुदै हैन  ।सबै देशहरुले पैसा सहयोग गरेका छन्, भारत बंगलादेश, पाकिस्तान लगायतका देशहरुले खाद्यान्न समेत उपलब्ध गराउदै आएका छन् । त्यसको जोहोका लागि हामीले चिन्ता लिराख्न पर्ने आवश्यकता अहिले हुदै हैन । त्यसैले हालको आवश्यकता भनेको नेपालमा पुरिएका मान्छेको उचित ब्यबस्थापन, घाइतेहरुको उपचार र खाद्यान्नको उचित वितरण हो । साथसाथै मानसिक रुपमा बिक्षिप्त बनेका मान्छेहरुलाई मनोबैज्ञानिक उपचार । त्यसैले, रकम संकलन भन्दा अघि सहयोगी हातहरुको व्यवस्था गरिनु महत्वपुर्ण छ । त्यसैले जतिपनि स्वस्थाकर्मिहरु बिदेशमा छौ, कृपया स्थिति अलि समय हुनासाथ नेपाल जाने तयारी गरम र अरु इच्छुक भोलेन्टियरहरुलाई प्राथमिक उपचारको तालिम दिएर तयारी हालतमा राखौ । बिदेशमा बस्ने नेपालीहरुले यस्ता कुरामा ऐले सोचियो भने त्यो ऐतिहासिक र एकदमै ठुलो कुरो बन्न जानेछ ।

Leave a Reply