झ्वाक तन्नेरी खोज्न कोमल वली एडेलेडमा

१ चैत NRNA२०७१, एडेलेड- गायिका कोमल वली अर्कि गायिका इन्दिरा जोसीको साथमा एडेलेड आइपुगेकी छन । गैरआवासीय नेपाली समाज साउथ अष्ट्रेलियाले एडेलेडमा पहिलोपल्ट गर्न लागेको “नेपाल फेष्टिवल” मा गाउनका लागी उनी एडेलेड आएकी हुन । आज बिहान करिव ५:३० बजे गैर-आवासिय नेपाली समाजसाउथ अष्ट्रेलियाका अध्यक्ष रमेश जोसीले गायिकाद्वय कोमल वली र इन्दिरा जोसीलाइ स्वागत गरे ।

नेपाल र नेपालीको कला संस्कृति, भेषभूषा तथा पहिचानबारे प्रर्दशनी हुने भएकाले अष्ट्रेलियामा नेपाल र नेपाली समाजको पहिचान तथा एकताको प्रर्दशन गर्न महत्वपूर्ण अवसर हुने विस्वास गरिएको यस फेस्टिवलले  नेपालको पर्यटन प्रवर्दन तथा नेपाली संस्कृतिको अष्ट्रेलियामा प्रचार प्रसार तथा पहिचान गर्ने समेत धेरै मदत गर्ने एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक जोशीले बताए । फेष्टिवलमा दर्जन भन्दा बढी नेपली व्यावसाय , परम्परागत एवं सांस्कृतिक सामग्री तथा संस्थागत स्टलहरु प्रर्दशनी गरिने छ । फेष्टिबलस्थलको प्राविधीक तथा वैज्ञानिक व्यावस्थापनका लागि नेपाल अष्ट्रेलिया इन्जिनियर एशोसिएसनका सदस्य तथा एडिलेडका नेपाली समुदायका सामाजिक कार्यकर्ता राजु उपाध्यायको समूहले काम गरिरहेको छ ।

कार्यक्रममा नेपालबाट आएका गायिकाद्वयको प्रस्तुति मुख्य रहने छ भने स्थानीय नेपाली कलाकारहरुले त्यसमा रंग भर्नेछन । नेपालको परमपरागत एबं सांस्कृतिक सामाग्रीहरु देख्न तथा उक्त सामाग्रीहरुबारे कार्यक्रममा जानकारी पाइने छ । नेपाललाइ चिनाउने उदेश्यले गरिएकाले साउथ अष्ट्रेलियाका बिभिन्न सरकारी निकाय एबं राजनीतिक दलका सदस्यहरुलाइ निमन्त्रणा गरिएको छ । कार्यक्रममा करिब ८ हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

 

Leave a Reply